Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

देशभर ४८ हजारभन्दा धेरैले गराए मनोनयन दर्ता 

स्थानीय निर्वाचनका लागि मनोनयनको अन्तिम दिन सोमबार देशभर ४८ हजारभन्दा धेरै उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार ५ बजेसम्म ४८ हजारभन्दा धेरै उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । 

 

देशभर २९३ नगरपालिका छन् । तीमध्ये १ हजार ६५७ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् भने ९७५ जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

 

त्यस्तै ४६० गाउँपालिकामा अध्यक्ष पदका लागि १ हजार ६१० जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदका लागि १ हजार ५० जनाले मनोनयन दर्ता गराएका छन् । 

 


स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेदवारी दिनेको संख्या १ हजार ६०६ छ ।

 


देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १२ हजार ३१२ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ ।

 

त्यस्तै ७ हजार ६९३ जनाले महिला सदस्य पदमा उमेदवारी दिएका छन् भने ६ हजार ७११ जनाले दलित महिला सदस्य पदमा उमेदवारी दिएका छन् ।
यो संख्या अझै बढ्न सक्ने आयोगले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै