Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानाध्यापक थुनामा

बहुविवाहका आरोपितहरु शान्ता र सरोज ।

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

 

शुक्रबार जिल्लाका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

 

सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाहको उजुरी प्रहरीकोमा परेको थियो । उनीहरुविरुद्ध छिमेकी सीताकुमारी शाहीले उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित दुवैलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो । 

 

शान्ताका श्रीमान् रोजगारीका लागि विदेशमा गएका बेला उनको शिक्षक सरोजसँग सम्बन्ध सुरु भएको थियो । शारीरिक सम्बन्धपछि शान्ताको गर्भ बसेको श्रीमान घर फर्किएपछि थाहा पाएका थिए । 

 

आफू आएको छोटो समयमा नै श्रीमती गर्भवती भएपछि उनले शंका गरेका थिए । सुरुमा आनाकानी गरेकी शान्ताले पछि जन्मिएको छोरा शिक्षक सरोजको भएको जनाएकी थिइन् । त्यसपछि उनी सरोजकै घरमा गएर बस्न थालेकी थिइन् । 

 

शान्तिको आफ्नो श्रीमानका तर्फबाट एक छोरी छन् । यता सरोजको भने श्रीमती, ३ छोरी र १ छोरा छन् । 
 

प्रतिक्रिया

98
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै