Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौंमा इन्टरप्राइज इन्डिया-२०२१ प्रदर्शनी

नेपाल र भारतका ख्यातीप्राप्त तथा लोकप्रिय उत्पादनहरुको सामुहिक प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ । दुई दिनसम्म संचालन हुने प्रदर्शनीको मंगलबार भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले उद्घाटन गर्नुका साथै कार्यक्रममा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया गरेकी छन् । 

 

 

उनले आयोजकहरुलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग व्यवसायसँग व्यवसायी मोडलमा साझेदारी खोज्न पनि प्रेरित गरिन्  । 

 

 

 

भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले इन्टरप्राइज इन्डिया २०२१’ को आयोजना गरेको हो । दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवद्र्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको हो । 

 

 

संयुक्त उद्यम, प्रविधि आदानप्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ  ।

 

 

भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले यस प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरिरहेका छन् । यस प्रदर्शनीमा नेपाली व्यवसायी तथा व्यापारीहरुको पनि उत्साहजनक सहभागिता रहेको छ ।

 

 


‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ यो दोस्रो संस्करण हो । काठमाडौंस्थित भृकुटी मण्डप प्रदर्शनी हलमा यो प्रदर्शनी ६ ८ पुससम्म संचालन हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै