Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

मनाङमा अमेरिकी सहयोगको विपद् राहत प्रणाली हस्तान्तरण 

मनाङको चामेमा अमेरिकाले विपद् राहत प्रणालीको अन्तिम चरण हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेसन अपरेसन्स कमाण्ड प्यासिफिकको सिभिल अफेयर्सका सदस्यको टोलीले उक्त प्रणाली हस्तान्तरण गरेको जानकारी दिएको हो । 

 


सङ्कटको समयमा सो विपद् राहत प्रणालीले प्रभावित क्षेत्रमा २०० जनासम्म नागरिकलाई आश्रय, न्यानो, सरसफाइका वस्तुहरू, सुत्ने ठाउँ, र सफा पिउने पानी लगायतका सुविधा प्रदान गर्नेछ ।

 


यस अन्तिम हस्तान्तरणका साथै विपद्को समयमा मानवीय पीडा कम गर्न तर्जुमा भएको १३ लाख अमेरिकी डलरको दुई वर्षीय परियोजना पूरा भएको छ। विपद्को जोखिममा रहेका क्षेत्रहरूमा आपत्‌कालीन अवस्थामा द्रुत रूपमा प्रतिकार्य प्रदान गर्नका लागि नेपालभर जम्मा ३६ ओटा विपद् राहत प्रणाली छन् ।

 


मित्रराष्ट्र र साझेदारसँगको सिभिल अफेयर्स टोलीको बलियो सम्बन्ध अमेरिकाको दौत्य सम्बन्धको महत्त्वपूर्ण अङ्ग भएको दूतावासले बताएको छ । सङ्कटको समयमा नेपालसँग आवश्यक जनशक्ति भएको कुरा सुनिश्चित गर्न संयुक्त प्रयासलाई निरन्तरता अमेरिका उत्सुक रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै