Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सुशासन कायम गर्न देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

 

 

नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् ।  

 


जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकामा सुशासन कायम  गरी जनभावनानुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे ।  

 


कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

 

 

शुक्रबार प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा पनि सहभागी भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै