Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एसपीपीको च्याप्टर क्लोज भइसक्यो, अब अघि बढ्दैन: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् ।  

 

आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो नेपालको हितमा छैन । एसपीपी नेपाललाई स्वीकार्य छैन ।’

 

प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता इश्वर पोखरेल, सभापति पवित्रा निरौला खरेल लगायत उपस्थित छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै