
जगदम्बा मोटर्स टिभिएसले आफ्नो सानो भर्याङ सोरूम मार्फत न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र नयाँ फराकिलो टायर भएको अपाचे वन सिक्स्टी टु भी सोमबार सार्वजनिक गरेको छ ।
विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले ‘अपाचे वन सिक्स्टी टु भी’ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो । उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना सानो भर्याङ सोरूम मार्फत सार्वजनिक गरेको हो ।
अपाचे वन सिक्स्टी टु भीको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करण भन्दा भिन्न र फरक डिजाइनको रहेको छ । यसैगरी यसको पछाडि १२०÷७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ ।
यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रण बारे अवगत गराइरहन्छ ।
अपाचे वन सिक्स्टी टु भीमा बेस्ट इन क्लास
आर.टि.आर ओभरस्क्वेर इन्जिन रहेको छ जसले ८००० आर.पि.एम मा १४. १४ पि.एसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आर.पी.एम मा १३.२ एन.एमको अधिकतम टर्क प्रदान गर्दछ ।
यसैगरि यसमा बेस्ट इन क्लास एम.आइ.जी सस्पेन्सन सक अप राखिएको छ। यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन्। यसको मूल्य भने दुई लाख ६९ हजार रुपैयाँ तोकिएको छ ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । ३९ वर्षको रेसिङ्ग इतिहास तथा नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit