Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

मन्त्रीहरुको कार्यभार थप 

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् । 

 


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार तोकिएको बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराएका हुन् । 

 

 

तीन मन्त्री फरकफरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरुको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेका हुन् ।

 

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा गएकाले उनको अनुपस्थितिमा शिक्षामन्त्री पौडेललाई कार्यभार तोकिएको हो । त्यस्तै प्रधानमन्त्रीले यूवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज रसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले उनको स्थानमा पनि पौडेललाई कार्यभार सुम्पिएका हुन् । 

 

 

त्यस्तै प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू स्वीट्जरल्याडको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्घको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले परराष्ट्रमन्त्री नारायण खड्कालाई उक्त मन्त्रालयको जिम्मेवारी तोकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै