
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच त्रिभुवन विमानस्थल परिसरमै हात हालाहाल भएको छ । घटना शनिबार भएको थियो ।
डा. रेग्मी वल्र्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका थिए । पर्यटनमन्त्री प्रेम आलेसँगै फर्किएका उनलाई भन्सारका कर्मचारीले चेकिङका क्रममा उक्त घटना भएको हो ।
रेग्मीले ल्याएको सामान भन्सार पास गराउने क्रममा विवाद भएपछि हात हालाहालकै अवस्था सृजना भएको त्रिभुवन विमानस्थल भन्सार स्रोतको भनाइ छ । रेग्मीले ल्याएको मदिराको विषमया कर्मचारीले प्रश्न गर्दा उनी कर्मचारीमाथि नै जाइलागेका थिए । विदेशबाट आउँदा १ बोतल मात्र मदिरा ल्याउन पाइने भए पनि रेग्मीले ६ बोतल बोकेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले रेग्मी र कर्मचारीबीच तनाव सृजना भएको र ५ हजार रुपैयाँ जरिवाना गरेर रेग्मीलाई छोडिएको पर्दाफासलाई जानकारी दिए ।
तर, सीईओ रेग्मीले भने आफूलाई दुर्व्यवहार भएको बताएका छन् । आफूले बोकेका अन्य व्यक्तिको पनि भएको र तर भन्सारका कर्मचारीले दुर्व्यवहार गरेको उनको आरोप छ ।
नोभेम्बर १ देखि ३ सम्म लण्डनमा वल्र्ड ट्राभल मार्ट भएको थियो । जसमा पर्यटनमन्त्री आले, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बोर्डका सीईओ रेग्मी लगायत सहभागी भएका थिए ।
एम्बुलेन्स ल्याउन सडक नभएपछि दुई ठाउँमा तुइनबाट र एक ठाउँमा डोजरले खोला तार्नुपरेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit