
सरकारले चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने जनाएको छ ।
सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा सत्यतथ्य बाहिर ल्याउने बताएका हुन् । उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए ।
मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशिल रहेको पनि बताए । त्यस्तै, राष्ट्रपति चुरे संरक्षण तराई मधेश समितिका पदाधिकारी पदमुक्त गरेको विषयमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नै जिम्मेवार
रहने बताउनु भयो ।
सरकारका प्रवक्ता कार्कीले भने ,‘चिनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिर्पोटहरुको आधारमा होइन । वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छ । हाम्रो सीमा चाहे भारतसँग होस् चाहे चीनसँग कुनै समस्या छन भने ती समस्याहरुलाई सरकार कूटनीतिक ढङगले समाधान गर्नेछ । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ति सरकार सदैव प्रयत्नशिल रहन्छ । के–के सञ्चार माध्यमहरुमा कतिकुराहरु आउँछन ्। त्यसको बारेमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यमहरुनै जिम्मेवार हुन्छन् ।’
प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit