
-->
प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको एक हजार दिन पूरा भएको छ । यस क्रममा प्रधानसेनापति थापाले आफूले कमाण्ड मार्गनिर्देशनमार्फत अपेक्षा गरेको सकारात्मक सांगठनिक वातावरण निर्माण हुँदै गएको बताएका छन् ।
त्यसैले सोचेबमोजिम नेतृत्व हस्तान्तरणका लागि सुगम अवस्था सिर्जना भएको उनले जनाएका छन् । उक्त अवसरमा आज जंगीअड्डाले एक कार्यक्रम पनि आयोजना गरेको छ, जहाँ प्रधानसेनापतिले सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका छन् ।
‘व्यावसायिक संगठनहरु पद्धति र प्रणालीबाट चल्छन् । राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकताको पहरेदार संस्थाको रुपमा नेपाली सेनालाई थप सुदृढ, सबल र सक्षम बनाउनका लागि पद्धति र प्रणाली एक महत्वपूर्ण कडी हो,’ उनले भने, ‘सैनिक संगठनको चरित्रलाई शक्तिमा रुपान्तरण गरी उपलब्ध सीमति स्रोतसाधनहरुलाई अधिकतम उपलब्ध हासिल गर्न सकिन्छ । अब यो अवधारणा हामी सबैको कार्यशैली बन्न थालेको छ ।’
आधार वर्ष, कार्यान्वयनको वर्ष र चालु सुदृढीकरण र दिगोपनको वर्षमा पीएसओज्, रथीवृन्द, अन्य रथवृन्दहरु, अधिकृत, पदिक तथा अन्य दर्जाको सोच, उत्साह, कार्यशैली र विश्वासमा आएको परिवर्तनले नेपाली सेनालाई सिक्दै जाने, गतिशील र प्रभावकारी संगठनका रुपमा विकास गर्दै लैजाने दिशामा बलियो आधार तयार भएको थापाले बताए ।
‘संवैधानिक दायित्व पूरा गर्ने दीर्घकालीन सोचसहित निर्मित कमाण्ड मार्गनिर्देशनमा तीन वर्षीय कार्ययोजना तय गरिएको थियो,’ उनले उल्लेख गरेका छन्, ‘यस अवधिमा हरेक तहका कमाण्डरहरुको कृतसंकल्पित प्रतिबद्धता र सकलदर्जातको दृढ परिश्रमले उल्लेखनीय, यद्यपि केही अपत्यारिला उपलब्धहरु हासिल भएका छन् ।’
यस्तो उपलब्धिको पछाडि सेनाका आवश्यकताहरुलाई केन्द्रमा राखिनु फौज र लिडरहरुले पुरातनवादी सोच र कार्यशैलीलाई चुनौती पेस गर्नु रहेको थापाले बताए । उनले यस अवधिमा भएका उपलब्धिहरु भविष्यको लागि मानक हुनसक्ने जनाए । यस क्रममा आआफ्नो तर्फबाट महत्वपूर्ण योगदान दिने सबैलाई उनले बधाई समेत दिएका छन् ।
viagra cialis - buy cialis 10mg where to buy cialis
नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाकालागि सिफारिस भएका छन ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
viagra cialis - buy cialis 10mg where to buy cialis