Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

राजदूत अधिकारी र पाकिस्तानी सेना प्रमुख बाजवाबीच भेटवार्ता

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी सेना प्रमुख कमर जाभेद बाजवासँग भेटवार्ता गरेका छन् । 

 

राजदूत अधिकारीले पाकिस्तानी सेना प्रमुख बाजवाको रावलपिण्डीस्थित कार्यालयमा पुगी भेटवार्ता गरेका हुन् । 

 

वार्तामा नेपाल–पाकिस्तान सम्बन्धबारे चर्चा भएको थियो । साथै, दुई देशको आपसी सम्बन्ध बलियो बनाउनेबारे पनि छलफल भएको पाकिस्तानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै